PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोना संक्रमणमा चीनलाई उछिन्यो नेपालले, सक्रिय संक्रमित पुगे २२ हजार २१९



कोरोना संक्रमणमा चीनलाई उछिन्यो नेपालले, सक्रिय संक्रमित पुगे २२ हजार २१९

काठमाडौं : कोभिड-१९ संक्रमणमा नेपालले चीनलाई उछिनेको छ। कोभिड-१९ को शुरु भएको मानिएको देश चीनको मेनल्यान्डमा हालसम्म ८५ हजार ४५० जनालाई कोभिड संक्रमण पुष्टि भएको छ। नेपालमा पछिल्लो अपडेटअनुसार जम्मा ८६ हजार ८२३ जना संक्रमित पुगेका छन्।

हङकङ, मकाउ र ताइवानलगायत अन्य क्षेत्र जोड्दा चीनमा ९० हजार ६०४ जना संक्रमित पुगेका छन्।

नेपालमा भने पछिल्लो २४ घण्टामा देशभर २२५३ जनामा कोभिड संक्रमण पुष्टि भयो। १२ हजार ७ ८४ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोभिड-१९ संक्रमितको संख्या ८६ हजार ८२३ जना पुगेको छ। नेपालमा २२ हजार २१९ जना सक्रिय संक्रमित पुगेका छन्।

कोभिडका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell