PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश २ मा थपिए ३२ जना कोरोना संक्रमित, ६८ जना डिस्चार्ज



सुमित मिश्र

प्रदेश २ मा थपिए ३२ जना कोरोना संक्रमित, ६८ जना डिस्चार्ज

जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ३ महिला र २९ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए।

आइतवार प्रदेशको सप्तरी जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीमा १ महिला र ९ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, धनुषामा १ महिला र ६ पुरुष गरी ७ जना, सिरहामा १ महिला र ५ पुरुष गरी ६ जना, बारामा ४ जना पुरुष, पर्सा र रौतहटमा २/२ जना पुरुष, महोत्तरी र ठाउँ नखुलेको १/१ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

यस्तै, आइतवार प्रदेशमा ५ जना महिला र ६३ जना पुरुष गरी कुल ६८ जना संक्रमणमुक्त भएर घर फर्केका छन्। योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ११ हजार ९२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell