PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

गोविन्द केसीको जीवन तलमाथि भयो भने यसको दोषी प्रम ओली : गगन थापा



गोविन्द केसीको जीवन तलमाथि भयो भने यसको दोषी प्रम ओली : गगन थापा
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले डाक्टर गोविन्द केसीले राखेको मागमा प्रधानमन्त्री केपी शर्मा ओलीले हठ देखाएको आरोप लगाएका छन्।

सोमवार ट्वीटमार्फत नेता थापाले केसीका माग पुरा गर्न सकिने खालको भएकोसमेत बताएका छन्। 'प्रधानमन्त्रीज्यू, डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?,' थापाले भनेका छन्, 'तपाईँ आफैले हिजो गरेको वाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र? डा.केसीसँग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ?'

सत्याग्रहीमाथि दुराग्रह राखेर प्रधानमन्त्रीले मागको वेवास्ता गरे यसको मुल्य चुकाउनुपर्ने चेतावती थापाले दिएका छन्।

'पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्, पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ,' उनले भनेका छन्, 'प्रमज्यू, ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो।'

डा केसी स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न ६ बुँदे मागसहित २२ दिनदेखि अनशनमा छन्। हुम्लाबाट अनशन थालेका डा केसी हाल टिचिङ अस्पतालमा अक्सिजनको साहरा लिइरहेका छन्। उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोले उनको मागमा ध्यान दिन काँग्रेस सभापति शेरबहादुर देउवाले आइतवार नै ओलीलाई चेतावनी दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell