
काठमाडौं : प्रदेश ५ को आजको प्रदेश सभाले प्रदेश ५ को नाम र राजधानी टुंगो लगाएको छ। कानुनमन्त्री कुलप्रसाद केसीको प्रस्तावमा मंगलवार मतदान भएपछि दाङको राप्ती उपत्यका देउखुरीलाई राजधानी बनाउने पक्षमा दुई तिहाई परेको हो।
दाङको राप्ती उपत्यकाको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको छ। प्रदेश सभामा ८२ जना प्रदेश सदस्य उपस्थित थिए। यसैगरी प्रदेशको नाम लुम्बिनी भएको छ। नामको पक्षमा ८९, विपक्षमा ४ मत परेको थियो।
प्रदेश ५ मा ८७ प्रदेश सभा रहेका छन्। त्यसमध्ये नेकपाका ६१, नेपाली काग्रेसका १० र अन्य ७ सांसद छन्।
प्रदेशको नामाकरण र राजधानी तोकिएसँगै प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको सभामुख पूर्ण घर्तीले घोषणा गरे।