PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डा केसीको समर्थनमा महोत्तरीमा धर्ना, केसीको जीवन रक्षा गर्न माग



सुमित मिश्र

डा केसीको समर्थनमा महोत्तरीमा धर्ना, केसीको जीवन रक्षा गर्न माग

जनकपुरधाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत रहेका डा गोविन्द केसीको समर्थनमा महोत्तरीको जलेश्वरमा युवाले धर्ना दिइएका हुन्।

केसीको समर्थनमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य बजरंग नेपालीको नेतृत्वमा जलेश्वरको बुद्धिजीवी चोकमा मंगलवार दिउँसो युवाले धर्ना दिइएका हुन्। केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच सडकमा बसेर सरकारविरुद्घ धर्ना दिएका हुन्।

डा केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघीय सरकारको गैरजिम्मेवारीपनका विरूद्ध आफूहरुले शान्तिपूर्ण धर्ना दिएको नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झा नविनले जानकारी दिए।

नागरिक सरोकार विरोधी सरकार मुर्दावाद, मेडिकल माफियाको दादागिरी बन्द गर, डा गोविन्द केसीको माग पूरा गर लगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले धर्ना दिएका थिए।

धर्नामा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य बजरंग नेपाली, नेपाली कांग्रेस महोत्तरीका नगर सभापति अशोक साह, नेता लबराजा सिंह, तरुण दलका जिल्ला अध्यक्ष बिनय यादव, क्षेत्रीय सभापति दिलिप पाण्डे, जलेश्वर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु साह, नेविसंघका जिल्ला नेता आशुतोष झा, सुनिल सुमन, निवेश मण्डल, नेविसंघका नगर सभापति बादल साह लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell