PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

प्रचण्डकी नातिनीसँग जोडी बाध्दै सलोन



प्रचण्डकी नातिनीसँग जोडी बाध्दै सलोन

नायक सलोन बस्नेतले गायिका स्मिता दाहालसँग जोडी बाधेका छन्।

सलोनले आफ्नै प्रोडक्सन हाउस 'प्रफेक्ट प्लान'बाट निर्माण गरेको नयाँ म्युजिक भिडियोमा नेकपाका अध्यक्ष पुष्पलकमल दाहाल प्रचण्डकी नातिनी समेत रहेकी गायिका स्मितासँग जोडी बाधेका हुन्।

सलोनले उक्त म्युजिक भिडियोको शुटिङ सक्काएका छन्। भिडियोमा उनको साथमा स्मिताको अभिनय देख्न पाइनेछ। भिडियोका दृश्यमा उनीहरु दुलाहा र दुलहीको भूमिकामा देखिएका छन्।

गीतमा स्मिताकै स्वर छ। राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ। शिशिर खातीको निर्देशन रहेको यस गीतको भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुमिन गुरुङको पनि अभिनय देख्न पाइनेछ।

भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ। भिडियोको सम्पादन बनिश शाहले गरेका हुन्।

महंगो लगानीमा तयार भएको भिडियो चाँडै रिलिज गरिने सलोनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell