PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

म ड्रग्स सेवन गर्दिन, यसको सख्त विरोधी हुँ : अभिनेत्री यामी गौतम



म ड्रग्स सेवन गर्दिन, यसको सख्त विरोधी हुँ : अभिनेत्री यामी गौतम

बलिउड अभिनेत्री यामी गौतमले आफूले लागुऔषध सेवन नगरेको बताएकी छन्। बलिउडमा ड्रग्सविरुद्ध अभियान चलिरहेका बेला यामीले आफू ड्रग्सको सख्त विरोधी भएको उल्लेख गरेकी छन्।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना फ्यानसँगको सवाल जवाफमा यामीले आफू लागुऔषधमुक्त समाजको पक्षमा रहेको बताइन्। यामीले ट्वीटरमा उत्तर दिँदै लेखेकी छन्, ‘म ड्रग्स सेवन गर्दिन। यसको सख्त विरोधी हुँ। ड्रग्सलाई नो भनौं।'

सुशान्तसिंह राजपुत मृत्युसँग जोडिएको लागुऔषध मुद्दामा रिया चक्रवर्तीदेखि दीपिका पादुकोणसम्म अभिनेत्रीहरु नार्कोटिक्स कन्ट्रोल ब्यूरोको छानविनमा तानिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell