PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकामा अर्ली भोटिङ, राष्ट्रपति निर्वाचनमा मतदान गर्न ११ घण्टा लाइनमा



अमेरिकामा अर्ली भोटिङ, राष्ट्रपति निर्वाचनमा मतदान गर्न ११ घण्टा लाइनमा
Photo : AP

अमेरिकामा नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट नेता जोय बाइडेन यसपटक प्रतिस्पर्धामा छन्। ट्रम्पलाई कोरोना संक्रमण भएपछि दुवैबीच हुने तय भएको दोस्रो बहस हुन सकेको छैन। यद्यपि, ट्रम्पले भने आफ्नो निर्वाचन कार्यक्रम सुरु गरिसकेका छन्।

यता नोभेम्बरमा निर्वाचन हुने भनिएपनि अमेरिकाका केही राज्यहरुमा मतदान प्रक्रिया सकिसकेको छ। हजारौंको संख्यामा अमेरिकी नागरिकहरु ‘अर्ली भोटिङ’ मा सहभागी भएका छन्। घण्टौंसम्म मानिसहरु लाइनमा बसेर मतदान गरिरहेका तस्विरहरु सार्वजनिक भएका छन्।

केही मतदान स्थलमा करिब ११ घण्टा लाइनमा बसेर मतदाताहरुले मतदान गरेका छन्।  हालसम्म करिब १ करोड १० लाख मतदाताले ‘अर्ली भोटिङ’ गरिसकेको अधिकारीहरुले बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell