PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

धनुषाको नापी कार्यालयका २९ जना कर्मचारीमा कोरोना पुष्टि, अनिश्चितकालका लागि कार्यालय बन्द



सुमित मिश्र

धनुषाको नापी कार्यालयका २९ जना कर्मचारीमा कोरोना पुष्टि, अनिश्चितकालका लागि कार्यालय बन्द

जनकपुरधाम : नापी कार्यालय धनुषाका २० वर्षदेखि ५३ वर्षसम्मका २९ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयका २९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकाल सम्मका लागि कार्यालय बन्द गरिएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कार्यालयका सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नापी कार्यालय अनिश्चित कालको लागि बन्द भएको जानकारी दिए।

नापी कार्यालय धनुषाले कार्यालय प्रमुखसहित अन्य कर्मचारीमा कोरोनाको लक्षण देखिएको भन्दै आइतवार सूचना जारी गर्दै दुई दिनको लागि कार्यालय बन्द गरेको थियो। तर, अब सबै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय अनिश्चित कालका लागि बन्द भएको छ।

कार्यालय सञ्चालनमा रहेको समय नापी कार्यालय र नापी कार्यालयको छेउमै रहेको मालपोत कार्यालयमा सेवाग्राहीको भिड हुने गरेको थियो। बुधवार नापी कार्यालय बन्द रहेपनि मालपोत कार्यालय भने सञ्चालनमै रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell