PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश २ मा थप एक सय जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु



सुमित मिश्र

प्रदेश २ मा थप एक सय जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

जनकपुरधाम : प्रदेश २ मा नापी कार्यालय धनुषाका २९ जना कर्मचारीसहित थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १८ महिला र ८१ पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए।

योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४ सय २१ पुगेको छ। बुधवार धनुषामा ५४, पर्सामा १५, सिरहामा ९, बारामा ७, सप्तरीमा ७, महोत्तरीमा ५, रौतहटमा १ र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, बुधवार थप २ सय २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १२ हजार ४ सय ९५ पुगेको छ। बुधवार रौतहटमा १ सय २४, सर्लाहीमा ४५, सप्तरीमा २२, बारामा ७ र पर्सामा ४ जना डिस्चार्ज भएका हुन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ घर भई प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत ५१ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या १ सय ५४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell