PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मनकारी सलमान : आईसीयूमा भर्ना भएका कलाकारको तिरिदिए सबै उपचार खर्च



मनकारी सलमान : आईसीयूमा भर्ना भएका कलाकारको तिरिदिए सबै उपचार खर्च

बलिउड अभिनेता सलमान खान समाजसेवामा पनि अगाडि छन्। उनले आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा सहयोग गर्दै आएका छन्।

यसैक्रममा सलमानले बलिउडका पूर्वकलाकार फराज खानको उपचारमा सहयोग गरेका छन्। फराज बेंगलुरुको एक अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। फराजलाई ब्रेन इनफेक्शन र निमोनिया भएको छ। आर्थिक अवस्था कमजोर भएका फराजलाई सलमानले उपचार खर्च सहयोग गरेका हुन्।

कलाकार कश्मीरा शाहले इंस्टाग्राममार्फत सलमानले फराजको सबै उपचार खर्च तिरिदिएको जानकारी दिएकी छिन्। सलमानले अरु विरामीजस्तै फराजलाई सहयोग गरेको भन्दै कश्मीराले धन्यवाद पनि दिएकी छन्।

फराज एक वर्षदेखि विरामी छन्। पछिल्लो समय अवस्था गम्भीर बन्दै गएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारका लागि पूजा भट्टले अभियान नै चलाएकी छन्।

फराज बलिउडका दिग्गज अभिनेता यूसुफ खानका छोरा हुन्। १९९० को दशकमा फराजले केही फिल्ममा काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell