PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अजरबैजानका राष्ट्रपतिको चेतावनी, ‘अर्मेनियाले हाम्रो भूमि अतिक्रमण गर्न खोजे रक्तपात बढ्नेछ ’



अजरबैजानका राष्ट्रपतिको चेतावनी, ‘अर्मेनियाले हाम्रो भूमि अतिक्रमण गर्न खोजे रक्तपात बढ्नेछ ’
Photo : President of Azerbaijan

अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले अर्मेनियालाई आफ्नो भूमिमा अतिक्रमण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

‘म अर्मेनियाको सरकार र त्यहाँको जनतालाई स्पष्ट सन्देश दिन चाहन्छु- हाम्रो भूमिलाई फेरि नियन्त्रण गर्ने प्रयास बन्द होस्। त्यसो नगरे धेरैजनाको मृत्यु हुनेछ र रक्तपात हुनेछ।’

नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच दुई हप्ताभन्दा बढी समयदेखि भिडन्त भइरहेको छ। दुवै देशबीच विवादित क्षेत्रमा युद्धविराम गर्ने सहमति भएतापनि आक्रमण रोकिएको छैन।

करिब दुईहप्ताअघि दुवै देशले विवादित क्षेत्रमा आफ्नो स्वामित्व रहेको भन्दै एकअर्काको क्षेत्रमा आक्रमण गरेको थियो।

विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ। तर सो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ। सो क्षेत्रलाई लिएर करिब तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो। दुवै देशले नागोरना काराबख क्षेत्र आफ्नो भूमि रहेको दाबी गर्दै आएका छन्।

अर्मेनियाले अजरबैजानमाथि विवादित क्षेत्रको केन्द्रमा नै मिसाइल आक्रमण गरेको आरोप लगाएको छ। अजरबैजानले पनि अर्मेनियाले आफ्ना कयौं शहरहरुमा आक्रमण गरेको आरोप लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell