PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घुस लिएको अभियोगमा वडाध्यक्ष मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर



सुमित मिश्र

घुस लिएको अभियोगमा वडाध्यक्ष मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष र कार्यालय सहयोगीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ। वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलीप कुमार पंजियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।

केहि दिनअघि वडा कार्यालय सहयोगी पंजियारले सेवाग्राहीसँग आफूलाई सचिव भनी नागरिकता प्रमाणपत्रको सिफारिस गरिदिए बापत २४ हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटेको टोलीले रंगेहात नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पंजियारको मिलेमतोमा सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडाध्यक्ष मण्डलले भनेअनुसार नै पंजियारले घुस रकम बार्गेनिङ गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले दुवै जनालाई जनही २४ हजार बिगो कायम गरी ऐन बमोजिम सजाय मागदावीसहित बिहीवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell