PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

थाइल्यान्डमा आपतकाल उल्लंघन गर्दै प्रदर्शन



थाइल्यान्डमा आपतकाल उल्लंघन गर्दै प्रदर्शन
Photo : Aljazeera

थाइल्यान्डमा फेरि सयौं मानिस सरकार विरुद्ध प्रदर्शनमा उत्रेका छन्। थाइल्यान्ड सरकारले प्रदर्शनलाई नियन्त्रण गर्न आपतकाल घोषणा गर्दै ४ जनाभन्दा बढी व्यक्ति भेला हुन र कुनै पनि प्रकारको प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो। तर सरकारको निर्देशनको उल्लंघन गर्दै सयौं प्रदर्शनकारी सडकमा ओर्लिएको बीबीसीले उल्लेख गरेको छ।

सरकार विरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुको रिहाइको माग गर्दै प्रदशर्न गरिएको हो। प्रदर्शनकारीहरुले ‘फ्रि आवर फ्रेन्ड्स’ लगायतका नारा लगाएका छन्।

प्रहरीले ३ जना नेतासहित २० जनालाई नियन्त्रणमा लिएको थियो।

थाइल्यान्डमा प्रदर्शनकारीहरुले राजाको शक्ति न्युनिकरण गर्नुपर्ने तथा प्रधानमन्त्री प्रयुथ चान ‌ओशाको राजीनामा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन्। देशमा संकट भइरहेको बेला राजा महा बज्रीरालङकर्णले देश बाहिर धेरै समय बिताएको भन्दै विरोध भइरहेको छ। प्रदर्शन बढ्दै गएपछि राजा स्वदेश फर्किएका छन्।

जुलाईदेखि सुरु भएको विद्यार्थी नेतृत्वको आन्दोलन थाइल्यान्डको संस्थापन पक्षका लागि धेरे पहिलेदेखि टाउको दुखाइको विषय बनिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell