PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघ्यो, पछिल्लो २४ घण्टामा ४३९१ नयाँ संक्रमित पहिचान



कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघ्यो, पछिल्लो २४ घण्टामा ४३९१ नयाँ संक्रमित पहिचान

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट भएको १६ हजार ५३१ नमुनाको परीक्षण गर्दा ४ हजार ३९२ जना नयाँ संक्रमित पहिचान भएको स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा सक्रिय संक्रमित ३७ हजार ३८२ पुगेका छन् भने कुल संक्रमित संख्या १ लाख २६ हजार १३७ पुगेको छ। त्यस्तै ८८ हजार ४० जना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। 

शुक्रवार पुष्टि भएका संक्रमित मध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकाका छन्। काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित पहिचान भएका छन्। 

जसमध्ये काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ रहेका छन्।

आज २१ जना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ७ सय १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell