PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोना संक्रमित व्यक्ति घर बाहिर निस्के प्रहरीलाई खबर गर्नु: स्वास्थ्य मन्त्रालय



कोरोना संक्रमित व्यक्ति घर बाहिर निस्के प्रहरीलाई खबर गर्नु: स्वास्थ्य मन्त्रालय

काठमाडौं: सरकारले टोल छिमेकमा नयाँ मानिस देखिए एक हप्ता क्वारेन्टाइन राख्न अनुरोध गरेको छ। बाहिरबाट आएका मानिसमा कोभिड-१९ संक्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टिनमा राख्न सरकारले अपिल गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितलाई पनि घरबाहिर जान नदिन अनुरोध गरेका छन्। शुक्रवारको प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले संक्रमितहरु आइसोलेसनमा नबसे प्रहरीलाई खबर गर्न आग्रह गरेका हुन्।

'कोभिड-१९ संक्रमित घर बाहिर निस्कन सक्ने हुनाले घरका अन्य सदस्यले यसमा ध्यान दिन अनुरोध छ। उनीहरु बाहिर निस्के नजिकको प्रहरीमा खबर गरिदिनहुन अनुरोध गर्दछौ' उनले भने।

यस्तै, सरकारले कोभिड-१९ को परीक्षणका लागि नमुना दिएपछि अनिवार्य क्वारेन्टाइन बस्न निर्देशन दिएको छ। क्वारेन्टाइनमा नबस्दा संक्रमण बढिरहेको मन्त्रालयको दाबी छ।

शुक्रवार ४ हजार ३ सय ९२ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell