PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा कर्मचारी लक्षण देखिए मात्रै क्वारेन्टाइनमा बस्नुपर्ने



संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा कर्मचारी लक्षण देखिए मात्रै क्वारेन्टाइनमा बस्नुपर्ने
PHOTO : UN

 काठमाडौ :कोभिड १९ संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा कर्मचारीहरुमा लक्षण देखिए मात्रै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा कर्माचारीहरुको व्यवस्थापन सम्बन्धी मार्गनिर्देशनमा सचिवस्तरीय निर्णयबाट परिमार्जन गरिएको जानकारी दिए।

 'कोभिड-१९ का विरामीहरुको उपचारमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक तथा अन्य कर्मचारीलाई कोभिड-१९ लक्षण देखिएमा वा पोजेटिभ देखिएमा मात्रै क्वारेन्टाइन, आइसोलेशनमा राख्नुपर्ने व्यवस्था गर्नुपर्दछ' उनले भने।  

उनले यो व्यवस्था कोभिड तथा अन्य सबै अस्पतालका लागि भएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell