PahiloPost

Oct 25, 2020 | ९ कात्तिक २०७७

कसरी फरक पर्‍यो सरकार र सेनाबीच कोरोनाबाट मृत्यु भएका व्यक्ति विवरण?



कसरी फरक पर्‍यो सरकार र सेनाबीच कोरोनाबाट मृत्यु भएका व्यक्ति विवरण?

काठमाडौँ : सैनिक प्रवक्ताको आधिकारिक ट्वीटरबाट शुक्रबार अपराह्न ‘सुख दुःखको साथी नेपाली सेना’ क्याप्सनमा ट्वीट सार्वजनिक भयो। ट्वीटमा कोभिड–१९ संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनको तथ्याङ्क समेटिएको थियो। सैनिक प्रवक्ताको ट्वीटमा धर्म, जातअनुसारको संस्कार गरिएको विवरण समेत उल्लेख थियो।

तर, शव व्यवस्थापनको संख्या भने हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरिरहेको तथ्याङ्कभन्दा निकै फरक थियो। मन्त्रालयले शुक्रबारसम्म कोभिडबाट मृत्यु भएकाको संख्या ७१५ उल्लेख गरेको छ। सेनाको शव व्यवस्थापन तथ्याङ्कमा ८८९ रहेको छ।

सेनाले सार्वजनिक गरेको तथ्याङ्क र सरकारी तथ्याङ्कबीचमा १७४ केस नै फरक छ। ठूलो संख्यामा मृतकको संख्या फरक परेको हो।

कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ। नेपालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको केसलाई पहिलो मानिँदै आइएको छ।

सेनाको विवरण अनुसार पूर्वी पृतनाबाट ९८, मध्यपूर्वी पृतनाबाट ५४ जनाको शव व्यवस्थापन भएको छ।

यस्तै, मध्य पृतनाबाट १३९, पश्चिम पृतनाबाट १७, मध्यपश्चिम पृतनाबाट ८५ जनाको शव व्यवस्थापन गरेको तथ्याङ्क छ। यस्तै, उत्तर पश्चिम पृतनाबाट ४१ र सुदूरपश्चिम पृतनाबाट ११ शव व्यवस्थापन भएको छ।

तर, सरकारको आधिकारिक मन्त्रालय र शव व्यवस्थापनमा खटिएको सेनाको आधिकारिक तथ्याङ्क भने मेल नखाएको हो।

फरक तथ्यांक बारे बुझ्न खोज्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम  सम्पर्कमा आएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell