PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अशान्त थाइल्यान्ड : प्रहरीद्वारा पानीको फोहरा प्रहार, छाताले प्रतिकार गर्दै प्रदर्शनकारी

अशान्त थाइल्यान्ड : प्रहरीद्वारा पानीको फोहरा प्रहार, छाताले प्रतिकार गर्दै प्रदर्शनकारी


थाइल्यान्डमा लागू गरिएको आपतकाल तोड्दै सडकमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

सरकार विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। थाइल्यान्डमा प्रदर्शनकारीहरुले राजाको शक्ति न्युनिकरण गर्नुपर्ने तथा प्रधानमन्त्री प्रयुथ चान ‌ओशाको राजीनामा गर्नुपर्ने माग गर्दै आन्दोलनका गरेका हुन्। प्रदर्शनकारीहरुले पक्राउ गरेका नेताहरलाई रिहा गर्न माग समेत गरेका छन्।

प्रदर्शन बढ्दै गएपछि थाइल्यान्ड सरकारले आपतकाल घोषणा गर्दै ४ जनाभन्दा बढी व्यक्ति भेला हुन र कुनै पनि प्रकारको प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो। तर सरकारको निर्देशनको उल्लंघन गर्दै सयौं प्रदर्शनकारी सडकमा ओर्लिएका हुन्।

प्रहरीले पानीको फोहरा प्रहार गरेपछि प्रदर्शनकारीले छाता लिएर प्रतिकार गर्ने प्रयास गरेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो।

आपतकाल उल्लंघन गर्दै प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्री ओशाले कर्फ्यू लगाउने चेतावनी दिएका छन्।

PHOTO : REUTERS



ट्रेन्डिङ पोस्ट

Ncell