
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्सलाई पराजित गरेको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको रोमाञ्चक खेलमा बेङ्ग्लोरले राजस्थानलाई ७ विकेटले हराएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।
राजस्थानका लागि अर्धशतकीय पारी खेलेका कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाउँदा रोबिन उथप्पाले ४१ रन बनाए। त्यस्तै, राहुल तेवातियाको अभिजित १९ रन र जोस बटलरको २४ रन महत्वपूर्ण रह्यो।
बेङ्ग्लोरका लागि क्रिस मोरिसले ४ विकेट लिँदा युजवेन्द्र चहलले २ विकेट लिए।
१७८ रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले ३ विकेट गुमाएर २ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो।
बेङ्ग्लोरका लागि एबि डिभिलियर्सले सर्वाधिक ५५ रन बनाए। २२ बलमा ५५ रन जोड्दै उनी अभिजित रहे।
त्यस्तै, कप्तान बिराट कोहलीले ४३ रन जोड्दा देवदत्त पाडिकलले ३५ र गुरकिरत सिंहले १९ रन जोडे।
उता राजस्थानका लागि स्रेयस गोपाल, कार्तिक त्यागी र राहुल तेवातियाले समान १/१ विकेट लिए।
जितसँगै १२ अंक जोडेको बेङ्ग्लोर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।