PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अर्नब गोस्वामीलाई सलमानको कटाक्ष



अर्नब गोस्वामीलाई सलमानको कटाक्ष

बलिउड अभिनेता सलमान खान र रिपब्लिक टेलिभिजन च्यानलका प्रधान सम्पादक अर्नब गोस्वामीबीच पछिल्लो समय घोचपेच चलिरहेको छ।

फेक टिआरपी मामिलामा गोस्वामीको रिपब्लिक टिभीको आलोचना भइरहेको छ। यसैक्रममा चर्चित रियालिटी शो बिग बोसका प्रस्तोता सलमानले गोस्वामीमाथि कटाक्ष गरेका हुन्।

बिग बोसको वीकेण्ड वारमा सलमानले गोस्वामीलाई उनकै शब्द सापटी लिएर कटाक्ष गरेका हुन्। कटाक्ष गर्दा सलमानले गोस्वामीको नाम भने लिएनन्। तर गोस्वामीले प्रयोग गर्दै आएका शब्द उल्लेख गरेर सांकेतिक रुपमा हमला गरे।

बिग बोसको वीकेण्ड वारमा आइतवार गायक कुमार सानु पनि उपस्थित थिए। सलमानले अर्नबले प्रयोग गर्दै आएका शब्द उल्लेख गर्दै भने, 'म यो भन्दिन कि 'दिस वॉन्ट्स टू नो, द्याट वॉन्ट्स टू नो' सिम्पल छ, मलाई जान्नु छ कि तपाई कता तर्फ हुनुहुन्छ? तपाई कुन बाटोमा चलिरहनुभएको छ? ' तथ्य के हो भने अर्नब गोस्वामी आफ्नो शोका क्रममा चिच्याएर प्राय 'नेशन वॉन्ट्स टू नो' भनिरहेका हुन्छन्।

यसअघि अघिल्लो वीकेण्ड वारमा सलमानले गोस्वामीको टिआरपी काण्डलाई लिएर हमला गरेका थिए। 'टीआरपी पाउनका लागि उनीहरु केही त्यस्तो नगरुन, जसले उनको च्यान नै बन्द होस्,' सलमानले भनेका थिए। यसमा अर्नबले प्रतिक्रिया दिँदै सलमानमाथि निशाना साधेका थिए।

त्यसो त रिपब्लिक टिभीमाथि टीआरपी हेरफेर गरेको आरोप लागेको छ। टीआरपी काण्डपछि रिपब्लिक टिभीमाथि दर्शकले आक्रोश पोखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell