PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिरहामा १ क्विन्टल गाँजासहित २ जना पक्राउ



सुमित मिश्र

सिरहामा १ क्विन्टल गाँजासहित २ जना पक्राउ

जनकपुरधाम : सिरहामा एक क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन्। सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १ मनहर्वास्थित भित्रि सडक खण्डमा दुई जनालाई गाँजा सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नम्बर १ का १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय  जितेन्द्र महतो रहेको सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

आइतवार मनहर्वास्थित सडक खण्डमा उतरबाट दक्षिणतर्फ आउदै गरेको ना ५ त १४ नम्बरको ट्याक्टरलाई प्रहरीले चेक गर्दा ५ पोका ठुलो र २ पोका सानो प्लाष्टिकको बोरामा १०० केजी लागुऔषध गाँजा फेला परेको थियो।

गाँजा र ट्याक्टरसहित चालक कापर र सह चालक महतो समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell