PahiloPost

May 15, 2025 | २ जेठ २०८२

प्रदेश २ मा अनुसन्धान ब्यूरो गठनको बाटो खुल्यो, प्रदेश प्रमुखले गरे विधेयक प्रमाणीकरण



सुमित मिश्र

प्रदेश २ मा अनुसन्धान ब्यूरो गठनको बाटो खुल्यो, प्रदेश प्रमुखले गरे विधेयक प्रमाणीकरण

जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशसभाबाट पारित गराएका दुई वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि ऐनमा परिणत भएको छ।

मंगलवार प्रदेश प्रमुख तिलक परियारले प्रदेश अनुसन्धान ब्युरो विधेयक २०७७ र प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश सरकारले प्रदेश भित्र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको आर्थिक हित तथा विकास, औद्योगीकरण, व्यापार व्यवस्था प्रवर्द्धन गर्नको लागि सो सम्बन्धी सूचना सङ्कलन गरी प्रशोधन समेत गर्न वाञ्छनीय भएको भन्दै प्रदेशसभामा प्रदेश अनुसन्धान ब्युरोसम्बन्धी विधेयक प्रदेशसभाबाट विधेयक पारित गराएको थियो।

त्यस्तै, निजी, सहकारी तथा सरकारी क्षेत्रको सहभागितामा दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बजारीकरण मार्फत दिगो आर्थिक समृद्धि हासिल गर्नका लागि प्रदेश दुग्ध विकास बोर्डको स्थापना र सञ्चालन गर्न वाञ्छनीय रहेको भन्दै प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न विधेयक प्रदेशसभामा लगी पारित गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell