PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, १३ हजार जना भए डिस्चार्ज



सुमित मिश्र

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, १३ हजार जना भए डिस्चार्ज

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ। मंगलवार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोराना संक्रमितको संख्या १५ हजार १७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त प्रमुख विजय झाले जानकारी दिए।

बर्दिबास प्रयोगशाला महोत्तरी, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरी र पर्सामा १८/१८ जना, धनुषामा १३ जना, सिरहामा ११ जना, बारामा ६ जना, महोत्तरी सर्लाही र रौतहटमा ४/४ र अन्य प्रदेशका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, यस प्रदेशमा मंगलवार ३१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै निको हुनेको संख्या १३ हजार ७ पुगेको छ।

थप एक जनाको मृत्यु, मृतकको संख्या १६२ पुग्यो

कोरोना संक्रमणबाट प्रदेशमा मंगलवार थप एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। प्रदेशको महोत्तरी जिल्लाको भंगहा नगरपालिका ५ की ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ। कोरोनाबाट सबैभन्दा बढी पर्सामा ४७ जना, सप्तरीमा २३ जना, बारा र धनुषामा १८/१८ जना, महोत्तरीमा १७ जना, सिरहामा १६ जना, सर्लाहीमा १३ जना, रौतहटमा ९ र १ भारतीय नागरिकको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell