PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सलमानले खरीद गरे क्रिकेट टिम, क्रिस गेलले सम्हाल्ने



सलमानले खरीद गरे क्रिकेट टिम, क्रिस गेलले सम्हाल्ने

क्रिकेटप्रति बलिउडको विशेष लगाव छ। विश्वकै चर्चित घरेलु लिग इण्डियन प्रमियर लिग (आईपीएल)मा शाहरुख खानदेखि प्रिति जिन्टा सम्मको टिम खेलिरहेका छन्। क्रिकेटमा अब सलमान खानले पनि लगानी गरेका छन्।

सलमानले श्रीलंकामा सुरु हुन लागेको क्रिकेट लिगका लागि टिम खरीद गरेका हुन्। श्रीलंका प्रिमियर लिग नाम दिइएको प्रतियोगितामा कुन पाँच टिम भाग लिने छन्। जसमा सलमानको परिवारको एक टिम हुनेछ।

सलमानका कान्छा भाई सोहेल खानले एकको टिमको फ्रेन्चाइज खरीद गरेको टाइम्स अफ इण्डियाले जनाएको छ। उनले क्यान्डी टस्कर्स नामको टिम फ्रेन्चाइज खरीद गरेका हुन्। उक्त टिममा सोहेल खान इन्टरनेशनल एलएलपीबाट लगानी गरिएको हो। लगानीमा सलीम खान र सलमान खानको पनि हिस्सा छ। सोहेल खानका अनुसार खेल हेर्न सलमान स्टेडियममा उपस्थित हुनेछन्। उनी यो नयाँ क्रिकेट लिगलाई लिएर उत्साहित पनि छन्।

क्रिस गेलले सम्हाल्ने

सलमानको टिममा वेस्ट इण्डिजका दिग्गज खेलाडी क्रिस गेललाई समावेश गरिएको छ। उनी आफ्नो लामो छक्का प्रहार गर्नका लागि चर्चित छन्। अहिले आइपीएलमा प्रिति जिन्टाको किंग्स इलेभन पञ्जाबबाट खेलिरहेका छन्। क्यान्डी टस्कर्सको टिममा लियाम प्लंकेट, वहाब रियाज, कुसल मेंडिस र नुवान प्रदीप जस्ता क्रिकेटरले यो लिगमा आफ्नो प्रदर्शन देखाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell