PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अक्षय कुमारको फिल्म 'लक्ष्मी बम' विवादमा, हिन्दु सेनाद्वारा कारवाहीको माग



अक्षय कुमारको फिल्म 'लक्ष्मी बम' विवादमा, हिन्दु सेनाद्वारा कारवाहीको माग

अक्षय कुमारको आगामी फिल्म 'लक्ष्मी बम' विवादमा परेको छ। ट्रेलर रिलिज भएसँगै फिल्मको नाम र कथामा विभिन्न व्यक्ति तथा संगठनहरुले आपत्ति जनाइरहेका छन्।

यसैक्रममा हिन्दु सेना नामक एक संगठनले सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेर फिल्मको बारेमा उजुरी गरेको छ। साथै नाम परिवर्तन गर्न माग गरेको छ। हिन्दु सेनाले फिल्म निर्मातामाथि पनि उचित कारवाहीको मा गरेको छ।

फिल्मको टाइटल 'लक्ष्मी बम'ले हिन्दुको भावनामा ठेस पुर्‍याएको हिन्दु सेनाको टिप्पणी छ।

हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले पत्रमा भनेका छन्, 'यदि हाम्रो माग पूरा गरिएन भने हिन्दु सैनिकले फिल्मको विरोध गर्नेछन्। प्रदर्शन अगाडि फिल्मको नाम परिवर्तन नगरिए म सबै हिन्दु धर्मसँग जोडिएका व्यक्तिहरुसँग यो फिल्म बाइकटको अपील गर्नेछु।'

फिल्मको नाम हिन्दु देवी लक्ष्मीको नाममा राखिएकोमा हिन्दु सेनाले कडा आपत्ति जनाएको हो। सेनाले लक्ष्मी जसलाई धनको देवी मानिन्छ, उनको साथमा बम जस्तो शब्द जोड्नु आपत्तिजनक भएको पनि उल्लेख गरेको छ। फिल्मको नाम लक्ष्मी बम हिन्दुहरुलाई उक्साउनका लागि राखिएको हिन्दु सेनाको आरोप छ।

यसअघि हिन्दु जनजागृति समिति र अखिल भारतीय हिन्दु महासभाले फिल्ममा लभ जिहादलाई बढावा दिएको आरोप लगाएका थिए। उनीहरुले हिरो हिरोइनको फिल्मी नाममा पनि आपत्ति जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell