PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

१५ किलो गाँजा र धारिलो हतियारसहित २ युवक प्रहरीको नियन्त्रणमा



सुमित मिश्र

१५ किलो गाँजा र धारिलो हतियारसहित २ युवक प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : सर्लाहीमा लागुऔषध गाँजासहित २ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको लालबन्दी नगरपालिका-१ बाट प्रहरीले प्रदेश २-०-३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई चेक गर्दा १५ किलो गाँजासहित २ युवकलाई पक्राउ गरको हो।

पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

डाबरीबाट जंगलको बाटो हुँदै लालबन्दीको बागवानी भन्ने ठाउँमा आएपछि उनीहरुलाई शंकाको आधारमा चेक गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको प्रवक्ता कुँवरले जानकारी दिए। उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell