PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश २ कोरोना अपडेट : थपिए ७२ संक्रमित, ३५ जना डिस्चार्ज, एक जनाको मृत्यु



सुमित मिश्र

प्रदेश २ कोरोना अपडेट : थपिए ७२ संक्रमित, ३५ जना डिस्चार्ज, एक जनाको मृत्यु

जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८९ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १७ महिला र ५५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधवार प्रदेशको सिरहा जिल्लामा सबै भन्दा बढी १९ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै, धनुषामा १६ जना, पर्सामा १३ जना, रौतहट र बारामा ८/८ जना, सप्तरीमा ५ जना र सर्लाहीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको डा यादवले जानकारी दिए। यसैगरी बुधवार ३५ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्। योसँगै निको हुनेको संख्या १३ हजार ४२ पुगेको छ।

थप एक जनाको मृत्यु, मृतकको संख्या १६३ पुग्यो

कोरोना संक्रमणबाट प्रदेशमा बुधवार एक जनाको मृत्यु समेत भएको छ। पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ४ विर्ताका ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६३ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। कोरोनाबाट सबैभन्दा बढी पर्सामा ४८ जना, सप्तरीमा २३ जना, बारा र  धनुषामा १८÷१८ जना, महोत्तरीमा १७ जना, सिरहामा १६ जना, सर्लाहीमा १३ जना, रौतहटमा ९ र १ भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell