PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

च्याम्पियन्स् लिग : घरेलु मैदानमा रियल पराजित



च्याम्पियन्स् लिग : घरेलु मैदानमा रियल पराजित

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस महारथि रियल मड्रिड सख्तर डोनेस्कसँग पराजित भएको छ। स्टेडियो अलफ्रेडो डि स्टेफानोमा भएको खेलमा रियल ३-२ गोल अन्तरले पराजित भएको हो।

खेलको २९ औं मिनेटमा टेटेको गोलमा सख्तरले अग्रता भनाएको थियो। त्यस्तै ३३ औं मिनेटमा राफेल भरानेको आत्मघाती गोलमा सख्तरले अग्रता दोब्बर बनायो। त्यस्तै मानोर सोलोमनले ४२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै सख्तर ३-० को अवस्थामा पुगेको थियो।

दोस्रो हाफमा रियलले पुनरागमनको प्रयास गरे पनि सफल हुन भने सकेन। रियलका लागि ५४ औं मिनेटमा लुका मोड्रिच र ५९ औं मिनेटमा भिन्चियस जुनियरले गोल गरे पनि त्यो खेलमा फर्कन पर्याप्त रहेन। र रियल पहिलो खेलमै ३-० ले पराजित हुन पुग्यो।

गएराति नै भएको समूह बी को अर्को खेलमा इन्टरमिलान र ग्लाडबाख २-२ को बराबरीमा रोकिए।

समूह बी मा रियल मड्रिड, सख्तर, इन्टर मिलान र ग्लाडबाख छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell