PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

नेपाल आएका रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि



नेपाल आएका रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं:  भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख  सामन्तकुमार गोयलले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको पुष्टि भएको छ। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गोयलले ओलीलाई भेटेको  विज्ञप्ति मार्फत जानकारी दिएका छन्। बुधवार राति उनले ओलीलाई वालुवाटारमा भेटेका हुन्।

'उहाँ  भेटका लागि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो,' विज्ञप्तिमा भनिएको छ।

भेटका क्रममा नेपाल-भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल आएका गोयलले पूर्व प्रधानमन्त्री तथा नेकपाका नेताहरुलाई पनि भेटेको दाबी गरिएको छ। तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले भने गोयलसँग आफ्नो भेट नभएको स्पष्टिकरण दिइसकेका छन्। प्रचण्ड र नेपालको सचिवालयले भेट नभएको भन्दै विज्ञप्ति जारी गरेका हुन्।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गोयललाई नभेटेको बताएका छन्।

बुधवार नेपाल आएका रअ प्रमुख गोयल स्वदेश फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell