PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोना संक्रमितको उपचार खर्च राज्यले ब्यहोर्न माग गर्दै २१ राजनीतिक संगठनको प्रदर्शन

कोरोना संक्रमितको उपचार खर्च राज्यले ब्यहोर्न माग गर्दै २१ राजनीतिक संगठनको प्रदर्शन


काठमाडौं :  कोभिड-१९ संक्रमितको उपचारमा सरकारले हात झिकेको विरोध गर्दै बिहीवार विभिन्न २१ राजनीतिक संगठनहरुले प्रदर्शन गरेका छन्। संक्रमितको उपचार नागरिक स्वयमले ब्यहोर्नुपर्ने सरकारको निर्णयविरुद्ध २१ राजनीतिक संगठनले विरोध प्रदर्शन गरेका हुन्। मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्जा, नेकपा माले लगायतका साना राजनीतिक घटकहरुले सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन्। 

प्रदर्शनकारीहरुले सरकारलाई उक्त निर्णय फिर्ता लिँदै संक्रमितको उपचार सरकारले गर्न माग गरेका छन्।  त्यस्तै प्रदर्शनमा एमसीसी खारेजीकोसमेत माग गरेका छन्।  



ट्रेन्डिङ पोस्ट

Ncell