PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौंलाई छैन कोरोनाको डर, दशैंमा घटेको छैन बजारमा चहलपहल

काठमाडौंलाई छैन कोरोनाको डर, दशैंमा घटेको छैन बजारमा चहलपहल


काठमाडौं : काठमाडौंमा ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रायलको तथ्यांक अनुसार कार्तिक ७ गतेसम्म काठमाडौंमा ५४ हजार २४५ जनामा संक्रमित पहिचान भइसकेका छन्। यी मध्ये २० हजार १९६ संक्रमित केस रहेका छन्।

देशभर सबैभन्दा बढी संक्रमित काठमाडौंमा पहिचान भएका छन्। सक्रिय केस पनि काठमाडौंमा नै बढी छ। यस्तै ललितपुर र भक्तपुरमा पनि संक्रमणको अवस्था बढ्दै गएको छ। ललितपुरमा  ७ हजार ५६० जनामा संक्रमण पुष्टि भइसक्दा २ हजार ५७४ जना सक्रिय केस रहेका छन्। यस्तै भक्तपुरमा ५ हजार ४८ जनामा संक्रमण पुष्टि भइसकेको छ। भक्तपुरमा भने हाल १ हजार ३६५ सक्रिय केस छन्।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला गरी हाल करिब २४ हजार कोभिड १९ सक्रिय केस छन्। यी मध्ये अधिकांश होम आइसोलेसनमा छन्। कतिपय सम्पर्क बिहिन छन्।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। संक्रमितको संख्या बढेसँगै स्थानीय स्तरमा फैलिसकेको कोरोना भाइरसले थप असर गर्ने अनुमान जनस्वास्थ्यविदहरुले गरेका छन्।

अहिले देशभर दशैंको माहोल छ। काठमाडौंलाई पनि दशैंको रमझमले छाड्न सकेको छैन। कोरोना संक्रमणबीच सबै बजार खुलेका छन्। सडक, बजार, सार्वजनिक यातायातमा मानिसहरुको घुइँचो छ। असन, इन्द्रचोक, न्यूरोड बजारमा पुग्दा कोरोना संक्रमण नै भुल्ने भीड देख्न सकिन्छ। दशैंको चहलपहलमा कोरोनाले खासै असर गरेको देखिँदैन काठमाडौंलाई। भीडमा स्वास्थ्य मापदण्ड पालना हुने कुरै भएन। मास्क भने प्रायले लगाएको देख्न सकिन्छ।

दशैंमा यस्तै भीड बढ्दै गए संक्रमणको अवस्था थप बढ्ने भनेर सरोकारवालाहरुले पहिला नै चेतावनी दिइसकेका छन्। हाल बजारमा देखिएको भीडले दशैंपछि संक्रमणको ग्राफ बढ्न सक्ने भन्दै सरकारले नै चेतावनी दिइसकेको छ। त्यसैले आउने दिनमा संक्रमणको अवस्था नियन्त्रण बाहिर जान नदिन हाल बजारमा देखिएको भीड नियन्त्रणमा आउन जरुरी छ। मास्कको प्रयोग र भौतिक दुरी कायम राखेर नै काठमाडौंमा संक्रमणको गति नियन्त्रण गर्न सकिन्छ। दशैंको माहोलमा कोरोनालाई भुल्ने प्रयास गरियो भने आउने दिनमा थप संकट आउन सक्ने तर्फ नागरिक सतर्क हुनुपर्ने जनस्वास्थ्यविदहरु बताउँछन्



ट्रेन्डिङ पोस्ट

Ncell