PahiloPost

Oct 23, 2024 | ७ कात्तिक २०८१

प्रधानमन्त्रीको सचिवालयको स्पष्टिकरण: शुभकामना सन्देशमा प्रयोग गरिएको निशान छाप नयाँ नै हो



प्रधानमन्त्रीको सचिवालयको स्पष्टिकरण: शुभकामना सन्देशमा प्रयोग गरिएको निशान छाप नयाँ नै हो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको शुभकामना दिँदै ट्वीट गरेको तस्विरमा प्रयोग भएको निशान छापमा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने भन्दै प्रधानमन्त्रीको सचिवालयले स्पष्टिकरण दिएको छ।

शुक्रवार बिहान प्रधानमन्त्री ओलीले नेपालको नयाँ निशान छाप सहितको तस्विर ट्वीट गर्दै शुभकामना दिएका थिए। तर उक्त निशान छापमा लिम्पियाधुरा,लिपुलेक र कालापानी नसमेटिएको भन्दै ट्वीटर प्रयोगकर्ता र विपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको थियो।

निशान छापलाई लिएर आलोचना भएपछि प्रधानमन्त्रीका प्रेस ससल्लाहकार सूर्य थापाले शुभकामाम सन्देशमा नक्शाको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्शामा सबै प्रष्ट देख्न सकिने भन्दै स्पष्टिकरण दिएका हुन्। थापालले डिजाइनको सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजिएको आरोप समेत लगाएका छन्।

थापाले निशान छापलाई लिएर योजनबद्ध रूपमा भ्रम सिर्जना गर्ने अनुचित कार्य भइरहेको भन्दै त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell