PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

अजरबैजान अर्मेनिया विवाद : इरानले आफ्नो सीमा क्षेत्रमा सुरक्षा बढायो



अजरबैजान अर्मेनिया विवाद : इरानले आफ्नो सीमा क्षेत्रमा सुरक्षा बढायो
Photo : Reuters

अजरबैजान र अर्मेनियाबीच विवाद बढ्दै जाँदा इरानले आफनो उत्तरी सीमा क्षेत्रको सुरक्षा व्यवस्था बढाएको छ।

नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अजरबैजान र अर्मेनियाका सेना आमनेसामने छन्। दुवै देशले नागोरनो काराबख क्षेत्र आफ्नो भएको दाबी गरिरहेको छ।

दाबीसँगै दुवै देशबीच विवादित क्षेत्र सहित शहरी क्षेत्रमा समेत हवाइ आक्रमण भएको छ। त्यसक्रममा इरानी क्षेत्रमा समेत १०० भन्दा बढी मोर्टार खसेको बताइएको छ। जसबाट त्यहाँ रहेका घरहरुमा सामान्य क्षति पुगेको छ। इरानले आफ्नो क्षेत्रमा मोर्टार खसेपछि दुवै देशलाई त्यसो नगर्न चेतावनी दिइसकेको छ।

विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ। तर सो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ। सो क्षेत्रलाई लिएर करिब तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो। अजरबैजानले अर्मेनियाले आफ्नो भूमिमाथि अतिक्रमण गर्ने प्रयास जारी रहे रक्तपात बढ्ने चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell