PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हैदराबादविरुद्ध पञ्जाबले निकाल्यो जित



हैदराबादविरुद्ध पञ्जाबले निकाल्यो जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले हैदराबादलाई १२ रनले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोडेको थियो।

पञ्जाबका लागि निकोलस पुरनले सर्वाधिक ३२ रन बनाउँदा कप्तान केएल राहुलले २७, क्रिस गेलले २० तथा मन्दिप सिंहले १७ रन जोडे।

उता हैदराबादका लागि सन्दीप शर्मा, जेसन होल्डर र रासिद खानले समान २/२ विकेट लिए।

१२७ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ दशमलव ५ ओभरमा अलआउट हुन पुग्यो।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाउँदा विजय शंकरले २६ रन जोडे। त्यस्तै, जोन्नी बेयरस्टोले १९ तथा मनिष पाण्डेले १५ रन जोडे।

उता पञ्जाबका लागि क्रिस जोर्डन र अर्शदीप सिंहले ३/३ तथा मोहम्मद शामी, मुरुगन अश्विन र रवि बिश्नोईले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell