PahiloPost

Oct 21, 2025 | ५ कात्तिक २०८२

मुम्बइले राजस्थानलाई दियाे १९६ रनकाे लक्ष्य, पाण्ड्याको आक्रमक अधर्शतक



मुम्बइले राजस्थानलाई दियाे १९६ रनकाे लक्ष्य, पाण्ड्याको आक्रमक अधर्शतक

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा मुम्बइ इण्डियन्सले राजस्थान राेयल्सलाई १९६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ।

अबुधाबी स्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएकाे मुम्बइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन जाेडेकाे हाे। मुम्बइका लागि आक्रामक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले सर्वाधिक ६० रन जाेडे। उनले २१ बलमा ६० रन जाेडे। त्यस्तै सूर्यकुमार यादवले ४० रन, इसान किसनले ३७ रन तथा साैरभ तिवारीले ३४ रन बनाए।

राजस्थानका लागि श्रेयस गाेपाल र जाेफ्रा आर्चरले २ विकेट लिँदा कार्तिक त्यागीले समान १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell