PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

बेन स्टोक्स र सन्जु सामसनको उत्कृष्ट साझेदारीमा मुम्बइविरुद्ध राजस्थानको जित



बेन स्टोक्स र सन्जु सामसनको उत्कृष्ट साझेदारीमा मुम्बइविरुद्ध राजस्थानको जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा राजस्थान रोयल्सले मुम्बइ इण्डियन्सलाई पराजित गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा राजस्थानले मुम्बइलाई ८ विकेटले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन जोडेको थियो।

मुम्बइका लागि आक्रमक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले सर्वाधिक ६० रन जोडे। उनले २१ बलमा ६० रन जोडेका हुन्। त्यस्तै, सूर्यकुमार यादवले ४० रन, इसान किसनले ३७ रन तथा सौरभ तिवारीले ३४ रन बनाए।

राजस्थानका लागि श्रेयस गोपाल र जोफ्रा आर्चरले २/२ विकेट लिँदा कार्तिक त्यागीले समान १/१ विकेट लिए।

१९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव २ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्यायो।

राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक १०७ रन बनाउँदा सन्जु सामसनले ५४ रन जोडे। स्टोक्स र सामसनको ८२ बलमा १५२ रनको साझेदारी राजस्थानको जितका लागि महत्वपूर्ण रह्यो। त्यस्तै, रोबिन उथप्पाले १३ तथा स्टिभ स्मिथले ११ रन जोडे।

उता मुम्बइका लागि जेम्स प्याटिन्सनले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell