PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दशैंको शुभकामना दिँदै देउवाले भने, 'देशमा सरकारको उपस्थिति नै नरहेको आभाष हुन थालिसकेको छ, जोगिएर दशैं मनाऔं'



दशैंको शुभकामना दिँदै देउवाले भने, 'देशमा सरकारको उपस्थिति नै नरहेको आभाष हुन थालिसकेको छ, जोगिएर दशैं मनाऔं'

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दशैंको शुभकामना दिँदै यस पर्वले समुदाय, संस्थाहरु, परिवार र व्यक्ति व्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउनुपर्ने बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै सभापति देउवाले कोभिड-१९ को चपेटामा विश्वसँगै नेपाल पनि परेकोले नागरिक आफै सचेत भएर पर्व मनाउनुपर्ने भएको बताएका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै देउवाले देशमा सरकारको उपस्थिति नै नरहेको आभाष हुन थालेको आरोपसमेत लगाएका छन्। 'कोभिड-१९ को महामारीको चपेटामा विश्वसँगै नेपाल पनि आक्रान्त रहेको छ। यसको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पुरै असफल भएको छ। आम जनताको स्वास्थ्य खतरामा परेको छ। अर्थतन्त्री धराशासी भएङ्को छ। जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ। देशमा सरकारको उपस्थिति नै नरहेको आभाष हुन थालिसकेको छ,' उनले भनेका छन्, 'कोभिड-१९ रोकथाममा सरकारले देखाएको उदासीनताका कार बढ्दो संक्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ। अत: हाम्रा सामाजिक सांस्कृतिक पर्वहरु मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नु होला भन्ने आग्रह गर्दछु।'

देउवाले घर डेरामै सीमित रहेर दशैं मनाउनसमेत आग्रह गरेका छन्।

'मठ मन्दिर जाँदा मास्क अनिवार्य लगाउन, भौतिक दुरी कायम राख्न, घर डेरामै सीमित रहेर पर्व मनाउन समस्त दिदीबहिनी दाजुभाइमा म विनम्र अनुरोध र अपिल गर्दछु,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell