PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गण्डकीमा थप २५२ जनामा कोरोना संक्रमण



गण्डकीमा थप २५२ जनामा कोरोना संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

संंक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै कोरोना सङ्क्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या६७ पुगेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell