PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विजयादशमीका दिन ४ हजारभन्दा बढी संक्रमित डिस्चार्ज, थप १७४१ जनामा संक्रमण पुष्टि हुँदा १५ जनाको मृत्यु



विजयादशमीका दिन ४ हजारभन्दा बढी संक्रमित डिस्चार्ज, थप १७४१ जनामा संक्रमण पुष्टि हुँदा १५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार ७४१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ।

यस्तै, आज ४ हजार ५ जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १ लाख १५ हजार ६७५ रहेको छ।

हाल देशभर ४३ हजार २९३ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार सोमबार कोभिड १९ संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell