PahiloPost

Oct 19, 2025 | ३ कात्तिक २०८२

चाँडै कोरोना भाइरसलाई जित्ने छौँः राष्ट्रपति भण्डारी



चाँडै कोरोना भाइरसलाई जित्ने छौँः राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गरेकी छिन्। 

 बडादशैँको उपलक्ष्यमा शुभकामना दिँदै उनले चाँडैलाई कोरोना संक्रमणलाई जित्ने बताएकी हुन्। 

कोरोना संक्रमणका कारण यसपटक शीतल निवासमा सर्वसाधरणका लागि टीका लगाइदिने कार्यक्रम भएन। यद्यपि, राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेको हातबाट राष्ट्रपति भवनमा नै टीका लगाएकी थिइन्। त्यसपछि भण्डारीले  छोरी–ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेकी थिइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell