PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

उपत्यकामा २२ हजारभन्दा बढी सक्रिय संक्रमित, आज ८९४ जनामा देखियो कोभिड १९



उपत्यकामा २२ हजारभन्दा बढी सक्रिय संक्रमित, आज ८९४ जनामा देखियो कोभिड १९

काठमाडौं : काठमाडौं उपत्यकामा आज ८९४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा ६९ हजार ७२० जनामा संक्रमित पहिचान भइसकेका छन्।

काठमाडौंमा ५६ हजार ३०२, ललितपुरमा ८ हजार २९ र भक्तपुरमा ५ हजार ३८९ जनामा संक्रमण देखिएको हो।

संक्रमण पुष्टि हुनेमध्ये हाल २२ हजार ३२९ सक्रिय केस रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १८ हजार ३७४ सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २ हजार ५२० र भक्तपुरमा १ हजार ४३५ सक्रिय संक्रमित रहेका छन्।

हालसम्म उपत्यकाभर कोभिड १९ संक्रमणबाट ५१५ जनाको मृत्यु भइसकेको छ। काठमाडौंमा १९८, ललितपुरमा ५५  भक्तपुरमा ५७ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell