PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गण्डकीमा थप २५३ जनामा देखियो कोरोना संक्रमण



गण्डकीमा थप २५३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा गण्डकीमा २५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा ९९ जना,स्याङजामा १ जना, बाग्लुङमा १७ जना, कास्कीमा १०१ जना, तनहुँमा २६ जना, लम्जुङमा ५ जना र गोरखामा ४ जनामा संक्रमण देखिएको हो।

यससँगै प्रदेशमा संक्रमण पुष्टि हुनेहरुको संख्या ६ हजार ७१२ पुगेको छ। यी मध्ये २ हजार ६३० जना सक्रिय संक्रमित रहेका छन्।

प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। जससँगै कूल मृतकको संख्या ६८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell