PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पोम्पेओ नयाँ दिल्लीमा, मन्त्रिस्तरीय बैठकअघि जयशंकरसँग भेटवार्ता



पोम्पेओ नयाँ दिल्लीमा, मन्त्रिस्तरीय बैठकअघि जयशंकरसँग भेटवार्ता

अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ भारत आइपुगेका छन्।

भारत अमेरिका मन्त्रिस्तरीय बैठकका लागि पोम्पेओ र र रक्षा मन्त्री मार्क एस्पर भारत आएका हुन्। भारत आएपछि पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

मन्त्रिस्तरिय बैठकमा विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने बताइएको छ।

भारतीय प्रतिनिधिमण्डलमा विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहनु हुनेछ। भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हो। 

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तरक्रिया तथा प्रतिरक्षा व्यापार पनि समावेश हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रिस्तरीय बैठकहरु भएका थि।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell