PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

बिहारको चुनाव प्रचारमा अभिनेत्री अमीषा पटेल



बिहारको चुनाव प्रचारमा अभिनेत्री अमीषा पटेल
PHOTO : Prabhatkhabar

बलिउड अभिनेत्री अमीषा पटेल चुनाव प्रचारमा उत्रिएकी छन्।

बिहारमा हुन लागेको विधानसभा निर्वाचनका लागि पटेलले औरंगाबादको ओबरा-दाउदनगरमा रोड शो गरेकी छन्। उनी विधानसभामा लोक जनशक्ति पार्टी (लोजपा) उम्मेदवारको प्रचारमा उत्रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहारमा पहिलो चरणमा ७१ सीटका लागि विधानसभा निर्वाचन हुँदैछ।

अभिनेत्री अमीषाले औरंगाबादको ओबरा विधानसभामा लोजपा प्रत्यासी डां प्रकाश चंद्राको चुनावी प्रचार गरेकी हुन्। उनको यहाँ भव्य स्वागत गरिएको थियो।

अभिनेत्री पटेलले रोड शोका माध्यमबाट डां प्रकाश चंद्रालाई जिताउन अपील गरिन्। अमीषालाई हेर्न मानिसहरु विभिन्न ठाउँबाट औरंगाबाद पुगेका थिए। 

अमीषा सोमवार विहान जहाजबाट पटना पुगेकी थिइन्। एयरपोर्टमै प्रकाश चंद्राका समर्थकले स्वागत गरेका थिए। एयरपोर्टबाट सडक मार्ग हुँदै दाऊदनगर पुगेर चुनावी प्रचार गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell