PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोरोना संक्रमण २० देखि ४० वर्ष उमेर समूहबाट बढी फैलियो : डब्लुएचओ



कोरोना संक्रमण २० देखि ४० वर्ष उमेर समूहबाट बढी फैलियो : डब्लुएचओ

पेरिस : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।    
    
यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएकोसमेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो।    
    
रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ।    
    
यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ। उक्त परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो।    
    
सङ्क्रमक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्बियाले केही देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए।    
    
कोरोनाबाट हालसम्म विश्वभर २ करोड १७ लाख ७० हजार बढी संक्रमित भईसकेका छन् भने ७ लाख ७२ हजार बढीको मृत्यु भइसकेको छ। एएफपी   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell