PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कोभिड-१९ अपडेट : १ हजार ९५४ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु



कोभिड-१९ अपडेट : १ हजार ९५४ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं : १ हजार ९ सय ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ८ हजार २ सय ४८ जनाको पीसीआर गर्दा १ हजार ९ सय ५४ मा संक्रमण पुष्टि भएको जानकारी दिए।

त्यसमध्य काठमाडौं उपत्यकामा मात्रै ८४३ जना संक्रमित भेटिएका हुन्। काठमाडौंमा ६ सय ९६, भक्तपुरमा २९, ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ छ। बुधवार संक्रमणका कारण ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell