PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

उपत्यकामा करिब २० हजार सक्रिय कोरोना संक्रमित, अधिकांश होम आइसोलेसनमा



उपत्यकामा करिब २० हजार सक्रिय कोरोना संक्रमित, अधिकांश होम आइसोलेसनमा

काठमाडौं : काठमाडौं उपत्यकामा हाल करिब २० हजार सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार २०१, ललितपुरमा २ हजार ३९८ र भक्तपुरमा १ हजार ७९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उपत्यकामा कूल १९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमित मध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयको तथ्याकं अनुसार होम आइसोलेनमा १३ हजार ५८२ जना रहेका छन्।

काठमाडौंमा १० हजार ५०१ जना, भक्तपुरमा १ हजार ७१९ जना र ललितपुरमा २ हजार ३६२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

बुधवार उपत्यकामा ८४३ जना नयाँ संक्रमित पहिचान भएका छन्। दशैंमा कारण पीसीआर परीक्षण कम भएका कारण संक्रमितको संख्या पनि पछिल्लो केही दिनयता घटेको हो।

हालसम्म काठमाडौंमा ५७ हजार ८९३, ललितपुरमा ८ हजार १७० र भक्तपुरमा ५ हजार ४२२ जना गरी कूल उपत्यकामा ७१ हजार ४८८ जनामा संक्रमण पुष्टि भइरहेको छ।

यस्तै, उपत्यकामा हालसम्म कोभिड १९ संक्रमणका कारण ३१९ जनाको मृत्यु भइसकेको छ। काठमाडौंमा २०२ जनाको मृत्यु हुँदा ललितपुरमा ५८ र भक्तपुरमा ५९ जनाको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell