A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6979b7845b21d4.87952811): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6979b7845b21d4.87952811,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बढ्दै बालुवाटार र खुमलटारको दूरी, प्रचण्डलाई ओलीको प्रस्ताव, 'पार्टी अलग गरौँ'
PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

बढ्दै बालुवाटार र खुमलटारको दूरी, प्रचण्डलाई ओलीको प्रस्ताव, 'पार्टी अलग गरौँ'



बढ्दै बालुवाटार र खुमलटारको दूरी, प्रचण्डलाई ओलीको प्रस्ताव, 'पार्टी अलग गरौँ'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर अघि बढ्न प्रस्ताव गरेको बताएका छन्। आइतबार दिउँसो खुमलटारमा पार्टीका सचिवालय सदस्याहरु, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा प्रचण्डले ओलीले राखेको प्रस्तावका बारेमा ब्रिफिङ गरेका हुन्।

शनिवार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सचिवालय बैठक नबस्ने र बैठक राखे जस्तो सुकै कदम चाल्ने बताएको प्रचण्डले खुमलटार बैठकमा बताए। प्रचण्डले ओलीलाई पछिल्ला विवाद समाधानका लागि सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। तर, ओलीले बैठक बस्न नदिने अडान लिएका थिए।

‘बैठक किन राख्ने?  बैठक म राख्दिनँ र तपाईहरुले बैठक राख्नुभयो भने त्यसको निर्णय पनि म मान्दिनँ’ भन्दै ओलीले शनिवार प्रचण्डलाई जवाफ दिएको आजको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

दुई अध्यक्षबीचको भेटमा प्रधानमन्त्री ओलीले ‘मिल्न नसकिने भए पार्टी अलग अलग गरौं’ भन्ने विषय राखेको प्रचण्डले बताएको ती नेताले बताए।

खुमलटार बैठकमा सहभागी नेताहरूले भने पार्टी फुटाउन नहुनेमा जोड दिँदै संवादबाट समाधान खोज्न प्रयास गर्ने बताएका थिए।

शनिवार दिउँसो पार्टी महासचिव विष्णु पौडेलले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै ट्विट गरेका थिए। नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको भन्दै उनले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न आह्वान गरेका थिए। उनको ट्वीटपछि पार्टी फुटको दिशा तर्फ गएको अनुमान लगाइएको थियो।

ओलीले प्रचण्डलाई कार्यकारी अधिकार दिएपनि पार्टी र सरकार संचालनमा एकलौटी निर्णय गर्ने गरेको आरोप प्रचण्ड नेपाल पक्षले लगाउँदै आएका छन्। मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति तोडेको, रअ प्रमुखसँग बालुवाटारमा भेटेको, पार्टीको सल्लाह बिना राजदूत नियुक्त गरेको, कर्णालीमा पूर्व माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई हटाउन खोजेको  विषयले नेकपाभित्रै विवाद बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell