PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

मुखियाको आदेशमा मुक्तिनाथमा लकडाउन जारी, कोरोनाको डरले बाहिरी पर्यटकलाई नो इन्ट्री! १६ फोटोमा सुनसान जोमसोम क्षेत्र

मुखियाको आदेशमा मुक्तिनाथमा लकडाउन जारी, कोरोनाको डरले बाहिरी पर्यटकलाई नो इन्ट्री! १६ फोटोमा सुनसान जोमसोम क्षेत्र

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : दशै सकिने बित्तिकै पर्यटकहरुले भरिभराउ हुने मुस्ताङ, जोमसोम र मुक्तिनाथ यतिबेला सुनसान छ। कोराना महामारीका कारण मुखियाहरुले बाहिरी पर्यटक न भित्र्याउने उर्दी जारी गरेपछि पर्यटकहरु मुस्ताङ पुग्न सकेको छैन।

जोमसोम जिल्ला छिर्ने नाका घासाबाटै पर्यटकहरुलाई प्रहरीले फर्काइ दिने गर्छन्। प्रहरीले फर्काएपछि अनुहार मलिनो पार्दै फर्किन बाध्य छन् पर्यटक। अन्य वर्ष हिउँ खेल्न, दशैँको बिदा मनाउन र मुक्तिनाथको दर्शन गर्न परिवारसँगै पर्यटक मुस्ताङ पुग्ने गर्थे। यसपाली भने त्यस्तो भएन। कोराना महामारीका कारण पछिल्लो करिब ८ महिनादेखि बाहिरी पर्यटकहरु मुस्ताङ नआएको होटल व्यवसायी राकेस थाकालीले बताए। थकालीले भने, 'जोमसममा परमपराकाल देखि मुखिया प्रथा लागु छ यहाँ सरकारको भन्दा पनि मुखियाको बढी चल्छ। पछिल्लो समय मुखियाले बाहिरी पर्यटक न भित्र्याउने उर्दी जारी गरेपछि यहाँ पर्यटक आउन बन्द भएको छ। लामो समयदेखि पर्यटक आउन बन्द भएपछि भाडामा होटल संचालन गर्ने अधिकांश होटल व्यवसायी पलायन समेत भइसकेका छन्। हामी त आफ्नो घर भएकोले जसोतसो धान्दै छौ।”

यस्तै पछिल्ला १३ वर्ष देखि मुस्ताङमा पर्यटक ओसार–पोसार गर्ने गाडी चलाउँदै आएका शंकर थापा कोरोना महामारी सुरु भएदेखि पर्यटक हेर्न आखाँ नै तर्सिन थालेको बताउँछन्। थापाले भने, 'अन्य वर्ष यस समयमा दिनभर व्यस्त हुने म अहिले कामविहिन बनेको छु। अन्य वर्ष एक दिनमा ८ देखि १० पटक सम्म जोमसोमबाट मुक्तिनाथसम्म पर्यटकलाइ ओसार पोसार गर्थे तर यस वर्ष भने त्यस्तो केही भएन। अझै कहिले सम्म पर्यटक कुर्नुपर्ने हो थाहै भएन।'

यता मुक्तिनाथ गाउपालिका वडानम्बर १ का वडाअध्यक्ष बिरबहादुर गुरुङले सरकारले देश खालेपनि मुक्तिनाथ मन्दिर दर्शन गर्न पर्यटककालागि अहिले नखोलिने बताउँछन्। 'देश खोले पनि हामी बिकट ठाउँमा छौ मुक्तिनाथ खोलिँदैन। बाहिरी पर्यटक आयो भने कोराना फैलीन्छ भन्ने डर छ,' गुरुङले भने, 'यतातिर कोराना फैलियो भने आम जनतालाई बचाउनै गाह्रो  हुन्छ। त्यसैले फाल्गुन महिनासम्म मुक्तिनाथ पर्यटकहरुका लागि बन्द राख्ने छौँ।'

देशभरी कोरोनाको संक्रमण चरममा रहेपनि मुस्ताङ, जोमसोम, मुक्तिनाथ लगायतका क्षेत्रलाई कोरोना हाल कोरोना संक्रमण शुन्य रहेको छ। त्यसैले पनि त्यहाँका स्थानीयहरु कोरोनालाई लिएर बढी नै भयभित देखिएका छन्। जसले गर्दा पूरै देशबाट लकडाउन हटाइए पनि ती क्षेत्रहरु अहिले पनि लकडाउनमै छ। -जोमसोमबाट फर्केर



ट्रेन्डिङ पोस्ट

Ncell